INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीकी ६८ वर्षीया नीरकुमारी तामाङलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय छोरा मिलन तामाङलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा ६८ वर्षीया आमालाई ०८१ जेठ २७ गते खुर्पा प्रहार गरी हत्या गरेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।

खुर्पा प्रहार गरी हत्या गरेको सूचनाका आधारमा अस्थायी प्रहरीपोष्ट चरम्बीले आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बूले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा जेठ २८ गते गरिएको छ ।

अन्य

भिडियो