INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्ण खोप सुनिश्चित घोषणा

१६ महिनादेखि २३ महिना उमेर समूहका ५ सय बढी बालबालिकालाई खोप लगाएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित स्थानीय तहका रूपमा जेठ २१ गते घोषणा गरिएको छ ।

नगरपालिकाभित्र १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सबै प्रकारका खोप लगाउने अभियान ०८१ वैशाख १ गतेदेखि वैशाख ३० गतेसम्म सञ्चालन गरेर ०८१ जेठ २१ गते पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आर्चायले बताउनु भयो ।

एक महिनासम्म चलाएको अभियानमा २ सय ६० जना बालिका र २ सय ४० जना बालक गरी ५ सय जनालाई खोप लगाएको स्वास्थ्य शाखा प्रमुख आर्चायले बताउनु भयो ।

३० जना स्वास्थ्यकर्मी र ४५ ओटा खोप केन्द्र कायम गरी खोप अभियान सञ्चालन गरिए पश्चात दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको स्थानीय तहको घोषणा गरिएको हो ।

वडा न.१ मा १ सय ६ जना, वडा न.२ मा २४ जना, वडा न.३ मा २८ जना, वडा न.४ मा २२ जना, वडा न.५ मा १९ जना, वडा न.६ मा २६ जना, वडा न.७ मा ३० जना, वडा न.८ मा २५ जना, वडा न.९ मा १६ जना, वडा न.१० मा २६ जना, वडा न.११ मा २९ जना, वडा न.१२ मा २५ जना, वडा न.१३ मा ७२ जना, वडा न.१४ मा १६ जना र वडा न.१५ मा ३५ जना गरी ५ सय बालाबालिकालाई खोप लगाएको सुनिश्चितताका आधारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित स्थानीय तहका रूपमा घोषणा गरिएको हो ।

अन्य

भिडियो