१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वाणगङ्गा नगरपालिका–२, कोपवाका ४३ वर्षीय सूर्यबहादुर क्षेत्रीलाई प्रहरीले ०८१ जेठ २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ २१ गते इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, पिपराका इन्स्पेक्टर गोपाल रायमाझीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १९ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।