INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

सन्धिखर्क नगरपालिका-१६, उपल्ला जगतका ५५ वर्षीय भिमबहादुर खत्री क्षत्रीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा पत्नी ५० वर्षीया लिलीदेवी खत्रीलाई प्रहरीले ०८१ जेठ २२ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा पतिलाई खत्रीले जेठ २१ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वरी अधिकारीले इन्सेकलाई जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम जेठ २२ गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरी परिवारको जिम्मा लगाएको थियो । पीडित परिवारले शव बुझी सोही दिन सद्गत गरेका छन् ।

अन्य

भिडियो