INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाख्रिबास नगरपालिका-९ चुङ्वाङका २८ वर्षीय मदन कार्कीलाई जेठ २२ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०८१ जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिलकुमार शाहले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पालमा जेठ २२ गते गरिएको छ ।

अन्य

भिडियो