३८ वर्षीया पत्नीलाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–१ चम्फापुरका ३९ वर्षीय पति गंगादत्त भट्टलाई ०८१ जेठ १९ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरी पतिले दिनहुँ गालिगलौज गर्ने, खानलाउन नदिई घर निकाला गर्ने र कुटपिट गर्ने गरेको कारण विगत चार महिनादेखि नाबालक छोरी सहित भिमदत्त नगरपालिका–३ भाँसीस्थित कोठा भाडाँमा लिई मजदुरी गरी बस्दै आएकोमा जेठ १८ गते बच्चा भेट्ने निहुँमा कोठामा आएर जबरजस्तीकरणी गरेपछि जेठ १९ गते प्रहरीमा उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँगको फोनसम्पर्कमा बताउनु भयो ।
पीडित महिलालाई आरोपित पतिले मादक पदार्थ सेवन गरी लामो समयदेखि कुटपिट गर्ने, अपशब्द बोल्ने, हातपात गर्ने र घर निकाला गरीे मानसिक यातना दिने गरेको अल्पकालिन सेवा केन्द्रकी संयोजक मञ्जु केसीले बताउनु भयो ।
पीडितले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका हवल्दार सपना ऐरले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २० गते महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरमा गरिएको थियो ।