INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाकाे मुद्दा आशय करणीमा परिणत

५० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका खडक नगरपालिका-८ बिसनपुरका २३ वर्षीय राकेश कुमार चौधरीविरुद्धको मुद्दा अदालतले जेठ १७ गते आशय करणीमा परिणत गर्ने फैसला गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दिपककुमार दाहालको इजलासले आरोपितविरुद्धको दाबीलाई आशय करणीमा परिणत गर्ने फैसला गरेको अदालतले जनाएको छ ।

खाना खाएर गर्मीका कारण कोठा बाहिर बाँसको फल्याक विछ्याइ सुतेका बेला र पीडितका पति गाउँको घर गएको मौका छोपी आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।

आरोपितले २०८० भदौ २२ गते राति बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा भदौ २३ गते उजुरी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरले भदौ २४ गते बलात्कार प्रयासमा उजुरी दर्ता गरेको थियो ।आरोपित भदौ २३ गते राति विसनपुरस्थित घरबाट गिरफ्तार भएका थिए । पीडितको स्वास्थ्य परीक्षण भदौ २३ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो ।

जिल्ला अदालतमा ०८० असोज १७ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश माधव प्रसाद सुवेदीको इजलासबाट असोज १८ गते आरोपित पुर्पक्षका लागि १ लाख रुपियाँ धरौटी राखी तारेखमा रिहा भएका थिए । आरोपितले तरकारी माग्न जान्दा उजुरीकर्ता नउठेपछि खुट्टा हल्लाएको मात्र भनेर आरोप झुठा भएको भन्दै आएका छन् ।

अन्य

भिडियो