INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

माई नगरपालिका-१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा रामबहादुर राईलाई गिरफ्तार गरेको छ।

घरायसी विवादका क्रममा आरोपितले ०८१ जेठ १६ गते चिर्पट प्रहार गरी बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश जबेगूले बताउनु भयोे।

आरोपितलाई अनुसन्धानका लागि जेठ १८ गते माई नगरपालिका-१० को ढोडेनी जंगलबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा जेठ १७ गते गरिएको छ।

पीडित पक्षले जेठ १७ गते शव बुझी माई नगरपालिका-१० मा जेठ १८ गते सद्गत गरेको छ ।

अन्य

भिडियो