INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका २८ वर्षीय सिताराम बिकलाई प्रहरीले  जेठ १४ गते घरबाटै गिरफ्तार गरेको छ ।

गाउँमै जेठ १० गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर दिपक मगराठीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १४ गते जिल्ला अस्पतालमा भयो ।

आरोपितलाई हिरासतमा राखी घटनाको अनुसन्धान थालिएको इन्स्पेक्टर मगराठीले बताउनुभयो ।

अन्य

भिडियो