६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका-२ का ३४ वर्षीय शिवकुमार कुर्मीलाई प्रहरीले ०८१ जेठ १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले जेठ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रामबहादुर केसीले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो ।