INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सम्मरीमाई गाउँपालिका-२ का २२ वर्षीय अस्लाम मुसलमानलाई प्रहरीले ०८१ जेठ ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १० गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, मर्चवारका इन्सपेक्टर रेशमप्रसाद आचार्यले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १० गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो