१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका फरार बिज्याईकर्ता १७ वर्षीय बालकलाई ०८१ जेठ १० गते बालसुधार गृह वीरगञ्ज पठाइएको छ ।
आराेपित बालक जेठ ९ गते गिरफ्तार भएका थिए । सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले बिज्याईकर्ता बालकलाई साेही दिन बालसुधार गृह वीरगञ्जमा पठाउने आदेश गरेपछि बालकलाई जेठ १० गते वीरगञ्जस्थित बालसुधार गृह पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।
आरोपितले २०८० साउन १० गते बलात्कार गरेको भन्दै पीडितकी ४१ वर्षीया आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा साउन ११ गते उजुरी दिनुभएको थियो । खडक नगरपालिका-४ स्थित राजाजी जंगलको पहाड डाँडामा बाख्रा चराउन, दाउरा काट्न गएका बेला आरोपितले बलात्कार गरेको पीडितले बताउनु भएको छ ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहान, सिरहामा साउन ११ गते भएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनामा साउन २१ गते उजुरी दर्ता भएको थियो । आरोपितविरुद्ध साउन २२ गते पक्राउ पुर्जी जारी भएपनि आरोपित फरार थिए ।