INSEC Online

📅 २०८३ जेष्ठ २२

फोरेन्सिक विशेषज्ञ नहुँदा पाेस्टमार्टममा ढिलाई, आफन्तद्वारा विरोध प्रदर्शन

१७ वर्षीया बालिकाको शवको धौलागिरी अस्पताल बागलुङमै पोस्मार्टम हुनुपर्ने भन्दै पीडित पक्षले नाराजुलुस गरेका छन् ।

जेठ १ गते साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी बालिकाको माइती पक्षले जिल्ला प्रहरी कार्यालय बागलुङमा मृतकका पती र सासु विरुद्ध कर्तव्य ज्यान कसुर शिर्षकमा मुद्दा दर्ता गराएका थिए ।

बालिकालाई यातना दिएर हत्या गरेको आरोपमा १७ वर्षीय पति र ३७ वर्षीया सासुलाई प्रहरीले जेठ २ गते गिरफ्तार गरिसकेको छ ।

शव धौलागिरी अस्पताल बागलुङमा राखिएको छ । पोस्मार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा फोरेन्सिक विशेषज्ञ नभएको भन्दै जेठ ३ गते नै जिल्ला प्रहरी कार्यालय बागलुङ र अस्पताल प्रशासनले पोखरा पठाउने तयारी गरेको थियो ।

तर मृतकका माइती पक्षले शवको पोस्मार्टम बागलुङमै हुनुपर्ने चर्काे दबाब दिएपछि अस्पताल प्रशासन, पीडित पक्ष, अनुसन्धान निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलिले जेठ ४ गते बैठक बसी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखरामा फोरेन्सिक विशेषज्ञ पठाइ दिन अनुरोध गरेको छ ।

बैठकको निर्णय अनुसार तत्काल मन्त्रालयमा पत्राचार गरी तथा मौखिक समेत जानकारी गराएको धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन डाक्टर रवि रञ्जन प्रधानले बताउनु भयो ।

मन्त्रालयबाट प्राप्त जानकारी अनुसार जेठ ५ गते विशेषज्ञ फोरेन्सिक टोली धौलागिरी अस्पताल बागलुङ आएर शवको पोस्टमार्टम गर्ने प्रधानले बताउनुभयो ।

जनप्रतिनिधि, प्रशासन, अस्पताल र सुरक्षा निकायसँग पीडित पक्ष बैठक बसी सहमती भइसक्दा पनि अस्पताल जस्तो संवेदनशील स्थानमा नाराबाजी गर्नु दु:खद् भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रधानले बताउनु भयो ।

पीडित पक्षले हत्यारालाई कारबाही गर, बागलुङमै पोस्टमार्टम गर भन्दै प्रहरी प्रशासन र अस्पताल विरुद्ध नारा लगाउँदै प्रशासन, प्रहरी र अस्पताल अगाडि प्रर्दशन गरेका थिए।

photo 081-2-4 baglung

photo2 081-2-4 bgalung

अन्य

भिडियो