INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

नौ वर्षीया बालिकालाई बालात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका-२ मंगलपुरका ३६ वर्षीय चन्द्रदिप साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालयमा दिएको उजुरी ०८१ जेठ ३ गते प्रहरीले दर्ता गरेको छ ।

आरोपितले बालिकालाई जेठ १ गते बलात्कार गरेको पीडित पक्षले बताउनु भयो । आरोपितको किराना पसलमा हजमोला पाचक किन्न गएकी बालिकलाई आरोपितले ललाइफकाइ बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।

पीडित पक्षले आरोपितविरुद्ध घटना भएकै दिन इलाका प्रहरी कार्यालयमा उजुरी दिएपनि पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन आएपछि जेठ ३ गते उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर किरण लामाले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १ गते प्रादेशिक अस्पतालमा भयो ।

आरोपित पक्षले घटनालाई गाउँमै मिलाउन पीडित पक्षलाई दबाब समेत दिएको पीडित पक्षको आरोप रहेको छ ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इन्स्पेक्टर लामाले बताउनु भयो ।

अन्य

भिडियो