INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारका आश्रति बालबालिकालाई स्टेशनरी सामग्री र न्यानो कपडा वितरण

जिल्ला कारागार शाखा खोटाङमा आश्रति जीवन बिताइरहेका तीन जना बालक र एक बालिकालाई जिल्ला कानुनी सहायता समिति र सामाजिक कानुनी सहायता केन्द्रद्वारा असोज ४ गते न्यानो कपडा, स्टेनशी सामग्री र खेलकूदका सामानहरू प्रदान गरिएको छ ।

Photo20170920Khotang

कारागारमा आश्रति बालबालिकाहरूको लागि लत्ताकपडाको समस्याका साथै खेलकूदका सामग्रीहरूको अभाव रहेको जानकारीका आधारमा ती संस्थाहरूद्वारा उक्त सामग्री हस्तान्तरण गरिएको कारागारका जेलर चित्रखर आचार्यले जानकारी दिए ।

आश्रति बालबालिकाहरूलाई चार-चार सेट कापी, खेलौना, सिलेट वोर्ड, पेन्सिल, पुस्तक र न्यानो कपडा उपलब्ध गराइएको जेलर आचार्यले बताए ।

आश्रति बालबालिकाहरूलाई सामान हस्तान्तरण गर्दै खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले अभिभावका कारण निर्दोष र अवोध बालबालिकाहरू समेत कारागारमा रहनु दुखद् भएको बताउँदै मानवीयताका हिसावले पनि त्यस्ता बालबालिकाप्रति सबैले सकारात्मक भई सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए ।

जिल्ला कारागारमा हाल बन्दीतर्फ ७१ जना पुरूष र ८ जना महिला गरी ७९ जना रहेका छन् भने थुनुवातर्फ २१ जना पुरूष र २ जना महिला गरी २३ जना रहेका छन् ।

अन्य

भिडियो