चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मादी नगरपालिका-२ का १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।
बालिकालाई ०८१ वैशाख १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २१ गते इलाका प्रहरी कार्यालय, चैनपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि जेठ १ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २४ गते गरिएको छ ।