INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

तुलसीपुर उममहानगरपालिका-१३ घर भइ राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ४१ वर्षीय विष्णु खत्रीलाई कुटपिट गरेको आरोपमा राजपुर गाउँपालिका–७ का वडा सदस्य ४० वर्षीय प्रमोद बस्नेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ जेठ १ गते उजुरी दर्ता भएको छ ।

राजपुर गाउँपालिका-७ को वडा कार्यालयमा वैशाख ३१ गते वडाध्यक्ष पुस्कर ओलीसँग शैक्षिक विषयको बारेमा छलफल गरिरहेको बेला वडा सदस्य बस्नेतले आफूलाई कुटपिट गरेको पीडितले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले राहत शिक्षक प्रधानाध्यापक भएको र विद्यालयमा भर्ना शुल्क समेत लिएको भन्दै वडा सदस्य बस्नेतले प्रधानाध्यापक खत्रीमाथि कुटपिट गर्दा आँखा, मुख र छातीमा चोट लागेको बताउनु भयो । घाइते खत्रीको स्वास्थ्य उपचार जेठ १ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो ।

अन्य

भिडियो