INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले धुलिखेल नगरपालिका–९ का २० वर्षीय महेश तोलाङ्गेलाई बैशाख २० गते १८ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलासले कसुर ठहर गर्दै १८ वर्ष कैद, ७ लाख रूपियाँ जरिबाना र ५० हजार रूपियाँ क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ ।

पीडितलाई आरोपितले ०८० मङ्सिर १० गते धुलिखेलको एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई गिरफ्तार गरी सरकारी वकिल कार्यालयमार्फत् मङ्सिर २५ गते जबरजस्ती करणी अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको ०८० मङ्सिर २७ गतेको आदेश अनुसार आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो