१४ वर्षीया मानसिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा मध्यनेपाल नगरपालिका– ७ का ४६ वर्षीय नवराज घिमिरेलाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ वैशाख २७ गते बलात्कार गरेको भन्दै पीडितको परिवारले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरि जिल्ला अदालतबाट वैशाख २८ गते सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिनुभयो ।
बालिकाको स्वास्थ्य परीक्षण वैशाख २७ गते जिल्ला अस्पतालमा गरिएको छ ।