INSEC Online

📅 २०८३ जेष्ठ २१

राम्चे स्वास्थ्य चौकी भवन अलपत्र, नियमित स्वास्थ्य सेवा प्रवाहमा समस्या

कालिका गाउँपालिका –१ मा निर्माणाधीन राम्चे स्वास्थ्य चौकी भवन निर्माण कार्य अलपत्र भएका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।

तीन वर्षदेखि निर्माण थालेको राम्चे स्वास्थ्य चौकी भवन प्लाष्टर, झ्याल, ढोका, रङ्ग, शौचालय निर्माण लगायतको काम बाँकी रहेको छ ।

तीन वर्ष अघि सम्झौता भएको भए पनि दुई वर्षदेखि काम नगरेको स्वास्थ्य संस्थाका प्रमुख सिअहेव रामप्रसाद ढकालले बताउनु भयो ।

स्वास्थ्य संस्था सञ्चालनका लागि केही कोठा भाडामा लिएर सेवा प्रवाह गरिरहेकाे र भवन समयमा सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको ढकालले बताउनु भयो ।

काम सम्पन्न गर्न भवन निर्माण कम्पनीलाई ताकेता गरेको भए पनि काम समयमा नगरेको सघन शहरी तथा भवन कार्यालय, जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख बुद्धजित लामाले बताउनु भयो ।

उक्त विषयमा निर्माणको जिम्मा पाएको ओम बुद्ध इन्टरनेशनल कन्ट्रक्सनका प्रालिका दिपेश लामासँग सम्पर्कमा हुन सकेन ।

निर्माण कम्पनीले ढिलाइ गरेको तर एक पटक नियमानुसार म्याद थप्दा पनि काम नगरे ठेक्का तोडेर कालो सूचीमा राखिने लामाले बताउनु भयो ।

photo2024051301rasuwa

 

अन्य

भिडियो