INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौर नगरपालिका-५ का २८ वर्षीय राजन झालाई ०८१ वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय गौरले गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई वैशाख २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एलिजा गिरीले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २४ गते प्रादेशिक अस्पताल गौरमा भयो ।

अन्य

भिडियो