धनगढीमाई नपा-१ को मतदान केन्द्रमा मतदान अधिकृतले सहयोगको लागि खटाएको कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-१ का २४ वर्षीय दिनेशकुमार महतो र वडा नम्बर-२ का २५ वर्षीय रामशरण चौधरीलाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।
धनगढीमाइ नपा-५ का विक्रम यादवलाई भदौ ३१ गते आरोपितहरूले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धनगढीका प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय लहानमा बुझाएका थिए ।
मतदाता परिचयपत्र बाँड्ने क्रममा भएको सामान्य विवादलाई लिएर कर्मचारी मतदान केन्द्रबाहिर निस्केको बेला कुटपिट गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले बताए ।