१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका–९ जयतपानीका २८ वर्षीय बिर बहादुर डाँगीलाई वैशाख २६ गते त्रिबेणी गाउँपालिका–६ लुहाम बजारबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडितले वैशाख २७ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर भवानी प्रसाद धमालाले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २७ गते जिल्ला अस्पतालमा भयो ।
घटनाकाे अनुसन्धान भइरहेको इन्स्पेक्टर धमालाले बताउनुभयो ।