INSEC Online

📅 २०८३ जेष्ठ २१

मौन अवधिमा हतियार सहित गिरफ्तार परेका भारतीयसहित पाँच जना माथि मुद्दा दर्ता

तेश्रो चरणको स्थानीय तहको निर्वाचनको मौन अवधिमा शङ्कास्पद अवस्थामा प्रहरीले सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिकाबाट पाँच जनालाई भदौ ३१ गते गिरफ्तार गरी असोज १ गते अनुसन्धानका लागि मुद्दा दर्ता गरेको छ  ।

निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर तीन दिनको लागि सीमा नाका बन्द भए पनि भारतको मधुवनी जिल्ला बस्ने राजेशकुमार यादव, अजय कामत, सूर्यनारायण यादव, राजकुमार यादव र नेपालको भगवानपुर गाउँपालिका-५ का सुरज यादव लुकीछिपी नेपाल पसेर शङ्कास्पद रूपमा फेला परेपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले बताए । गिरफ्तार परेकामध्ये भारतीय अजय कामतको साथबाट धारिलो छुरा बरामद गरिएको एसपी कोइरालाले बताए ।

अन्य

भिडियो