INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला, भिमाद नगरपालिका-२ का ३७ वर्षीय हिमाल मगर भनिने अभिमान सिं आलेलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक र अन्तिम पटक ०८१ वैशाख १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका-११ बाट वैशाख २२ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक जवेगुले बताउनु भयो ।

आरोपितलाई प्रहरीले वैशाख २५ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २४ गते गरिएको छ ।

 

अन्य

भिडियो