१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका-५ का २४ वर्षीय रविन्द्र खिडहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ वैशाख २४ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।
आरोपितले वैशाख ८ गते पीडितलाई धाकधम्की दिइ बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडितका दाजुले बताउनु भयो ।
घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर संगीता पाण्डेले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २५ गते जिल्ला अस्पताल मलंगवामा भयो ।