INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २४ वर्षीय सुरेश पासवानविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ वैशाख २४ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।

आरोपितले वैशाख १४ गते पीडितलाई धम्की दिनुका साथै प्रलोभनमा पारी बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।

घटना पश्चात आरोपित फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर संगीता पाण्डेले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २५ गते जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो