१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विष्णु गाउँपालिका-६ का ३३ वर्षीय सुबाेध कुमार राउतलाई जिल्ला अदालत सर्लाहीले ०८१ वैशाख २५ गते नौ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै नौ वर्ष कैद र २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्तिको फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।
पीडितलाई आरोपितले ०८० वैशाख १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा जेठ ४ गते उजुरी दिनु भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।