सुन्दरहरैँचा नगरपालिका-५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्याको गरेको आरोपमा प्रहरीले ५० वर्षीय पति पदमबहादुर तामाङलाई वैशाख २१ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा ०८१ वैशाख १९ गते कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा पदमबहादुरलाई वैशाख २१ गते सुन्दरहरैँचा नगरपालिका-५ बुढी खोलाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयाे ।
मनमायाको शव वैशाख २० गते घरभित्र अर्धनग्न र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेको थियो ।
मनमायाको हत्या लगत्तै फरार भएका आरोपितलाई स्थानीय र इलाका प्रहरी कार्यालय, वेलवारीको टोलीले गिरफ्तार गरेकाे इन्स्पेक्टर तेजबहादुर दाहालले बताउनु भयाे ।
शवको पोष्टमार्टम वैशाख २० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको छ ।
पीडित पक्षले वैशाख २० गते शव बुझी इटहरी उपमहानगरपालिका-४ स्थित बुढीखोला घाटमा सद्गत गरेको छ ।