INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरी हत्या घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

प्यूठान नगरपालिका-५ का ६३ वर्षीय मिनबहादुर बुढामगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्यूठान नगरपालिका-८ की ३० वर्षीया गीता केसी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ वैशाख २१ गते उजुरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी इश्वर थापाका अनुसार पीडितलाई आरोपितले वैशाख १६ गते सामाजिक सञ्जालमा लाइभ आउने क्रममा सामान्य विवाद भई कुटपिट गरेकी थिइन् । उक्त कुटपिटबाट गम्भीर घाइते पीडितको उपचारको क्रममा वैशाख २० गते जिल्ला अस्पताल, बिजुवारमा मृत्यु भएको थियो ।

शवको पोष्टमार्टम वैशाख २१ गते जिल्ला अस्पताल, बिजुवारमा गरी परिवारको जिम्मा लागाएको थियो । पीडित परिवारले शव बुझी सोही दिन सदगत् गरे । घटनाका आरोपित फरार रहेकाले खोजी भइरहेको डिएसपी थापाले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो