INSEC Online

📅 २०८३ जेष्ठ २१

बागमती प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० पुस १६ गते देखि चैत १८ गते सन् २०२४ को पहिलो त्रैमासक (जनवरी देखि अप्रिलसम्म) को अवधिको मानव अधिकार अवस्था सार्वजनिक  गरेको छ ।

बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२४ को पहिलो तीन महिनाको अवधिमा यस  प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा २ सय १८ जना महिला र २२ जना पुरूष गरी २ सय ४० जना पीडित भए । यस अवधिमा राज्यपक्षबाट दुई जना पुरूष पीडित भए भने अन्यपक्षबाट २ सय ३८ जना पीडित भए ।

राज्य पक्षबाट हुने मानव अधिकार तथा ज्याततिका घटनाको अभिलेख कम भए तथापि अन्यपक्षबाट भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा महिला तथा बालबालिका बढी पीडित हुने गरेका छन् । विशेष गरी महिला तथा बालिकाहरू बलात्कार तथा यौन जन्य हिंसाका घटनामा पीडित हुन पुगेका छन्

अभिलेखित घटना अनुसार अन्यपक्षबाट २० जना पुरुष र २ सय १८ जना महिला गरी २ सय ३८ जना पीडित भए । अभिलखित घटना अनुसार १२ जना महिलासहित २२ जनाका हत्या भयो । यो अवधिमा सबैभन्दा बढी बालबालिकाविरुद्ध भएका हिंसाका कारण एक जना बालक र ५५ जना बालिका सहित ५६जना पीडित भए । जसमध्ये ३४ जना बालिका बलात्कार र १६ जना बालिका यौन दुव्र्यवहारबाट पीडित भए ।

साथै, महिलाविरुद्ध हुने हिंसामा १ सय ५१ जना महिला पीडित भएकोमा २१ जना बलात्कार र नौ जना बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा पीडित भएका छन् ।

विभिन्न आपराधिक घटनामा सङ्लग्न आरोपितहरूमाथि पनि कानुनी कारबाही हुन नसक्नु लगायतका कारणले अन्य पक्षबाट मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको देखिन्छ ।

यस अवधिमा काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीहरुलाई दु्व्र्यवहार गरेको आरोपमा फुटपाथ व्यापारीहरुले काठमाडौंको सुन्धारामा धर्ना दिए र उक्त घटनाको सांसदहरुले पनि आपत्ति जनाए ।

बलात्कार तथा यौन दुव्र्यवहार घटनाको कारक तत्व पहिचान नगरेका र साइवर अपराध सम्बन्धी ज्ञानको अभावका कारण घटनाहरू दिन प्रतिदिन बढ्दै गएका छन् । यस्ता गतिविधि हुन नदिन र न्यूनिकरण गर्न न्यायिक तथा सुरक्षा निकायलाई सबल तथा सक्षम बनाउन तथा आमनागरिकलाई उनीहरूको कर्तव्य बोध गराउनका लागि स्थानीय तहले सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू ल्याउनु आजको आवश्यकता देखिन्छ ।

अन्य

भिडियो