रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’लाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको भदौ ३० गते विज्ञप्तिमार्फत सो पार्टीले जनाएको छ ।
थवाङको स्थानीय जनसत्तालाई चुनौती दिन र क्रान्तिकारी जनतालाई हतोत्साहित बनाउन प्रचण्ड थवाङ आउन लागेको निकै गम्भीर कुरा भन्दै जिल्ला जनपरिषद् रोल्पाका संयोजक लालबहादुर वलीद्वारा जारी विज्ञप्तिमा अध्यक्ष घर्तीलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । साथै आवश्यक सोधपुछपछि घर्तीलाई जनताकै बिचमा मुक्त गरिने पनि विज्ञप्तिमा जनाइएको छ ।
अध्यक्ष घर्ती थवाङ गाउँपालिका-२ कोइचवाङस्थित ससुराली घर जानेक्रममा भदौ २९ गते राति अपहरणमा परेका थिए । अहिले जिल्लाका प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान टोलीले उनको खोजी कार्य जारी राखेको छ ।