INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका क्रममा बालकको मृत्यु, आफन्तद्वारा अस्पताल तोडफोड

गौरीगञ्ज गाउँपालिका-६ खजुरगाछीस्थित आधारभूत अस्पतालमा तोडफोड भएको छ ।

गौरीगञ्ज गाउँपालिका-६ तीनटोलियाका ३८ वर्षीय रामदेव महतोका १० वर्षीय छोरा कृष्णदेवको उपचारका क्रममा ०८१ वैशाख २० गते मृत्यु भएपछि बिरामीका आफन्त र स्थानीयले चिकित्सकको लापरवाही भन्दै अस्पताल तोडफोड गरेको गौरीगञ्जका पत्रकार मदन राजवंशीले बताउनु भयो ।

झाडापखाला र वान्ताले अस्वस्थ भएका बालकलाई वैशाख २० गते बिहान ६ बजे अस्पताल भर्ना गरिएको र बिहान ११ बजे बालकको मृत्यु भएपछि स्थानीयले लापरवाही भन्दै तोडफोड गरेको पत्रकार राजवंशीले बताउनु भयो ।

गौरीगञ्ज आधारभूत अस्पताल विकास समितिका अध्यक्ष वद्रीनारायण यादवले घटना दुःखद भएकाले पीडित परिवारबाट निवेदन लिने र निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्ने बताउनु भयो ।

आधारभूत अस्पतालमा प्राथमिक उपचारपछि बालककालाई थप उपचारका लागि दमक रिफर गरिएको र अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु नभएको गौरीगञ्ज आधारभूत अस्पतालका प्रमुख अनुप शर्माले बताउनु भयो ।

तोडफोडबाट २५ लाख रुपियाँ बढीको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

photo 20240503 Jhapa

7cd3ff69-27df-4475-860e-966a0062e3c0

00cceb2d-cad9-462b-ad46-54ccc4aa06c8

अन्य

भिडियो