INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला

५८ वर्षीया महिलालाई बलात्कार कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–२ माडीवासका ४८ वर्षीय दिनेश राईलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको ०८१ वैशाख १८ गतेको इजलासले कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना, ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति र १ हजार ३ सय रुपियाँ पीडित राहत कोषमा भराउन आदेश भएको अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०८० वैशाख १५ गते बलात्कार  गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १५ गते इलाका प्रहरी कार्यालय, बेल्टारमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले ०८० साउन २५ गते घरबाटै गिरफ्तार गरी जिल्ला अदालतमा ०८० भदौ १७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० भदौ १८ गतेको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० साउन २६ गते गरिएको थियो ।

अन्य

भिडियो