INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउँपालिका-२ का १८ वर्षीय दिपक महतोविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २९ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २९ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध उजुरी दिइएको पीडित पक्षले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ २९ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाका अनुसार आरोपित फरार रहेकोले खोजी कार्य सुरू गरिसकिएको छ ।

अन्य

भिडियो