INSEC Online

📅 २०८३ जेष्ठ २१

दैनिक पेट पाल्नकै लागि मजदुरी गर्न बाध्य छन् कपिलवस्तुका मजदुरहरू (फोटो फिचर)

१ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस देशैभरी मनाइरहेको बेलामा आफू र आफ्नो परिवारको पेट पाल्नकै लागि मजदुरहरू  श्रम गर्दै छन् ।

श्रमिक दिवस मनाएर घरमा बस्दा छोराछोरीको पेट भोको राख्नु पर्ने र आफू पनि भोकै बस्नुपर्ने भएपछि कामलाई निरन्तरता दिएको श्रमिकहरू बताउँछन् । दैनिक ज्याला मजदुरी गरेरै जीविकोपार्जन चलाउँदै आइरहेको बाणगङ्गा नगरपालिका-११ बस्ने हुमबहादुर परियार भन्नु हुन्छ । उहाँ मात्र होइन उहाँकी पत्नी पुस्पा परियार पनि पतिको साथमा काम गर्नुहुन्छ । विगत १५ वर्षदेखि ईट्टा गाराको काम गर्दै परिवार पाल्दै आएको यो जोडीको घरमा २० वर्षीय र नौ वर्षीय छोराहरू छन् । हुमबहादुर परियार घर बनाउने मिस्त्रीको काम हुन्छ । घरको आर्थिक अवस्था कमजोर भएपछि पत्नीलाई समेत आफूसँगै काममा लिएर गएको उहाँ बताउनुहुन्छ ।

उहाँकी पत्नी पुस्पा परियारले पनि कुनै कामलाई अप्ठ्यारो मान्नु हुन्न । पुरुष सरह सटरिङ् गर्नेदेखि घरको गारो लगाउने, बिम बाँध्ने, घर प्लाष्टर गर्ने सबै काम गर्नुहुन्छ । उक्त काम पतिसँगै आफूले सिकेको पुस्पा बताउनु हुन्छ । यही पेशाबाट परिवार पाल्ने र छोराहरूलाई पढाउन सहयोग भएको पुस्पा भन्नुहुन्छ ।

यसैगरी कपिलवस्तु नगरपालिका-११ का बुधई कोहार र उहाँकी पत्नी सुर्यमती कोहार पनि सँगसँगै काम गर्नुहुन्छ । पतिले बराबर बालुवा चाल्ने, बेल्चा उठाउने लगाएतका काममा पछि हट्नु हुँदैन । बिहान साँझको जोहो गर्नका लागि ज्याला मजदुरी नगरी दैनिकी चलाउन र चुल्हो बाल्न धौधौ भएको सुर्यमती भन्नुहुन्छ ।

यस्तै बाणगङ्गा नगरपालिका-११, भडसुडवाका बसन्त पौडेल पनि दैनिक ज्याला मजदुरी गर्नुहुन्छ । उहाँको आर्थिक अवस्था नाजुक छ । उहाँलाई घरमा बसेर जीविको पार्जन गर्न कठिन छ । दैनिक ज्याला मजदुरीबाट पाएको पैसाले नुन तेलको व्यवस्था चलाउँदै आएको पौडेलले बताउनु भयो । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षा हासिल गर्न नपाएको उहाँ भन्नुहुन्छ । एसईई पास गरेर मात्र जागिर नपाइने पौडेलले उल्लेख गर्नुभयो ।

ईट्टा गाराको काममा बाणगङ्गा नगरपालिका-११ का विस्नु दर्जि पनि दैनिक जानुहुन्छ । भर्खरै एसईई दिनुभएका विस्नु आफ्नो खर्च आफैले व्यवस्था गर्न सके बुबालाई केही सहज हुने भएकोले ज्याला मजदुरीमा काम गर्न थालेको बताउनुहुन्छ । मजदुर दिवस मनाए पनि मजदुरी गरेर परिवार पाल्नेहरूको लागि काम नगरेसम्म खान नपुग्ने श्रमिकहरू बताउँछन् ।

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले ०८१ वैशाख १९ गते विज्ञप्ति जारी गर्दै श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरूको कार्यान्वयनमा जोड दिन, नेपाल सरकारले लागु गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था र सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आबद्ध गराउन, सुरक्षित र मर्यादित कार्य वातावरणको निर्माण एवम् श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्ने, गराउने कार्यमा विशेष जोड दिन नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

Photo01052024Kapilbastu7

Photo01052024Kapilbastu6

Photo01052024Kapilbastu5

Photo01052024Kapilbastu4

Photo01052024Kapilbastu3

Photo01052024Kapilbastu2

Photo01052024Kapilbastu1

Photo01052024Kapilbastu

अन्य

भिडियो