१७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षीय बुवालाई वैशाख १७ गते इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई वैशाख १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको डिएसपी गौरव महतले जानकारी दिनु भएको छ ।
पीडितको स्वास्थ्य परिक्षण वैशाख १७ गते नै चन्द्रपुर अस्पतालमा गरिएको छ ।