INSEC Online

📅 २०८३ जेष्ठ २१

सचेत मतदाता र प्रष्ट उम्मेदवार भए निर्वाचन स्वच्छ हुन्छः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ २९ गते जिल्ला सदरमुकाम जलेश्वरमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि चेतनशील मतदाता र स्वच्छ उम्मेदवार अपरिहार्य भएकोमा नेपालको पर्रि्रेक्ष्यमा मतदाताहरू चेतनशील भएपनि उम्मेदवारहरू स्वच्छ हुन नसकेको बताए ।

उनले भने-‘दिनभरी एउटा पार्टी रहेकोमा रातारात पार्टी परिवर्तन गरेर उम्मेदवार बन्ने स्थिति समेत देखिएकोले मतदाताले त्यस्तो उम्मेदवारमाथि कसरी विश्वास गर्न सक्छ -‘ तर्सथ सचेत मतदाता र प्रष्ट उम्मेदवार भए निर्वाचन त्यसै स्वच्छ हुने धारणा उनले व्यक्त गरे ।

निर्वाचन आचार संहिताको कुनै पनि दलले पालना नगरेको उल्लेख गर्दै अध्यक्ष प्याकुरेलले तडकभडक र सांस्कृतिक विभेद रहित समाजको निर्माण गर्न सबै लाग्नु पर्ने बताए ।

अध्यक्ष प्याकुरेलले भने-‘समृद्धि नागरिक स्वतन्त्र भएर मात्र प्राप्त गर्न सक्छ र नागरिक स्वतन्त्र हुनको लागि लोकतन्त्र अपरिहार्य हो । लोकतन्त्रको लागि निर्वाचन नभई नहुने भएकोले सुशासनको लागि जनप्रतिनिधि आवश्यक हुन्छ ।’

‘असल समाज निर्माणको लागि तडकभडक रहित र सांस्कृतिक विभेद सबै मिलेर हटाउनु पर्छ ।’-उनले भने-‘असोज २ गते हुन लागेको स्थानीय तहको चुनावमा सबै निर्वाचन पर्यवेक्षकले मिलेर साझा प्रतिवेदन बनाऔं । परिवर्तन रातारात नभएको हुँदा सबैको सहकार्य आवश्यक छ ।’

photo20170914mahottari (1)

कार्यक्रममा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र अर्यालले स्वच्छ चुनावको लागि पर्यवेक्षण आवश्यक रहेको बताए । अर्यालले भने-‘लोकतन्त्रको रक्षाको लागि निर्वाचनको विकल्प छैन र लोकतन्त्र भन्दा राम्रो अर्को शासन व्यवस्था पनि छैन । तर्सथ लोकतन्त्रको मूलमन्त्र आवधिक निर्वाचन भएकाले यसको महत्व छ ।’

अन्तरक्रियामा सहभागी वक्ताहरूले जिल्लामा निर्वाचन आचारसंहिता विपरीत रातिराति पनि ठूलाठूला स्वरमा लाउड स्पिकर र डिजे बजाइने गरेकाले ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिलालाई असर परेकोमा सो नियन्त्रण हुन नसकेको बताएका थिए ।

photo20170914mahottari (2)

वक्ताहरूले सबै राजनीतिक दलले भोज भतेरमा ठूलो रकम खर्च गर्ने गरेको, ठूलाठूला झण्डा र तुल व्यानर राखी प्रचारप्रसार गर्ने गरेकोमा त्यसलाई नियन्त्रण गर्न निर्वाचन आयोग र सरकार असफल रहेको बताएका थिए ।

अन्य

भिडियो