सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलोत्तमा नगरपालिका-२, जन प्रियपथमा बस्ने ४८ वर्षीय पुरूषोत्तम भट्टराईलाई प्रहरीले ०८१ वैशाख १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० फागुन १६ गते ललाई फकाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ वैशाख १४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो ।
पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १४ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।