INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक तथा पारिवारिक समस्याका कारण एक परिवार वर्षौदेखि ओडारमा बस्न बाध्य

जोरायल गाउँपालिका–३ कोटेलीका रामेश्वर भट्ट तीन वर्षदेखि आमा, छोरा र एक छोरी सहित घना जङ्गलस्थित ओडारमा कष्टकर जिवन जिउन बाध्य हुनुभएको छ ।

आर्थिक तथा पारिवारिक समस्याका कारण गाउँमा बस्ने वातावरण नभएपछि ज्यान जोखिममा राखेर जङ्गलकोबीचमा रहेका् ओडारमा परिवार सहित कष्टकर जिवन बिताउन बाध्यभएको पीडित रामेश्वर भट्टले बताउनु भयो ।

photo20240429doti (2)

ओडारमा बस्दा एकातिर जङ्गली जनावरको डर छ भने अर्कोतर्फ घाम र पानीका कारण सास्ती खेप्नुपरेका उहाँले गुनासो गर्नु भयो ।

जेठो छोराले भएभरीको सबै सम्पत्ती भोगचलन गरेपछि आफूलगायत कान्छो छोरा र उसका छोराछोरीहरुले घर नै छोडेर ओडारमा बस्नु पर्ने बाध्यता आएको रामेश्वर भट्टकी आमा लक्ष्मी भट्टले गुनासो गर्नु भयो ।

तीन वर्षदेखि ओडारमा बस्दै आउनुभएका भट्टका छोरा र छोरी विद्यालय जाने उमेरका भए पनि आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित भएका छन् । ओडारमा बस्दै आउनुभएका भट्ट परिवारलाई बिहानबेलुकीको छाँक टार्न समेत धौधौँपरेको छ ।

photo20240429doti (1)

भट्ट परिवारको दयनीय अवस्थाका बारेमा आफूलाई सूचना प्राप्त भएपछि गाउँपालिकाको टोलीले स्थलगत अनुगमन गरी सकेकोले उहाँको परिवारका लागि आवस निर्माण तथा आधारभूत अधिकारको सुनिश्चितता हुने गरी पहल भइरहेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो ।

जोरायल गाउँपालिकाले स्थलगत अनुगमन गरी पीडित रामेश्वरको परिवारलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको र जिल्ला प्रशासन कार्यालयले पनि सहयोगका लागि समन्वय गर्न तयार रहेको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनु भयो ।

photo20240429doti (3)

संविधानको मौलिक हक अन्तर्गत नै सम्मान पूर्वक बाँच्न पाउने अधिकार, गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका हक अधिकारको सुनिश्चितता गरिएको भए पनि रामेश्वरका परिवारहरु भने यी अधिकारको उपभोग गर्नबाट वञ्चित हुनुपरेको छ ।

 

अन्य

भिडियो