INSEC Online

📅 २०८३ जेष्ठ २१

चुनाव प्रचारमा अवरोध पुर्‍याएको आरोप

नेकपा (एमाले) को तर्फबाट तिलाठी कोइलाडी गाउँपालिकाका उम्मेदवारहरूसहितको टोली चुनाव प्रचारमा जाँदा अन्य दल समर्थित कार्यकर्ताहरूले भदौ २८ गते अवरोध पुर्‍याएको एमाले, सप्तरीले जनाएको छ ।

एमालेका उम्मेदवारहरूको टोलीलाई देखेर मधेस विरोधी पार्टी भन्दै उनीहरूले नारा लगाएर अवरोध पुर्‍याउन खोजेको एमालेकी नेता ममता चौधरीले बताइन् । प्रचारप्रसार टोलीमा सहभागी एमालेका नेता, कार्यकर्ताहरूले आफ्नो कुरा राखेपछि स्थिति समान्य भएको चौधरीले बताइन् ।

नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीमा ८ सय ५६ पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५ हजार ४ सय ६ जना उम्मेदवार, उनका समर्थकहरूले आ-आफ्नो पक्षमा मत माग्दै घर दैलो कार्यक्रम गरिरहेका छन् ।

हनुमानगर कङ्कालिनी नपामा राजपाले २०७३ को मधेस आन्दोलनमा सप्तरीमा सहिद भएकाहरूको तस्विर राखेर चोक, बिजुली पोलहरूमा फ्लेक्स व्यानर झुण्ड्याएका छन् ।

अन्य

भिडियो