INSEC Online

📅 २०८३ जेष्ठ २१

इलाम र बझाङमा उपनिर्वाचनका लागि मतदान जारी (अपडेट)

इलाम-२  र बझाङ-१(१) मा वैशाख १५ गते बिहान ७ बजेबाट मतदान जारी रहेको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

इलाममा मतदानमा सहभागी हुँदै किरियापुत्री । फोटोः पुण्यप्रसाद अधिकारी
इलाममा मतदानमा सहभागी हुँदै किरियापुत्री । फोटोः पुण्यप्रसाद अधिकारी

इन्सेक इलाम जिल्ला प्रतिनिधि मनोज अधिकारीका अनुसार इलाम-२ मा १ लाख १६ हजार ८ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

photo20240427ilam1

इन्सेक बझाङ जिल्ला प्रतिनिधि सत्यराज सिंहका अनुसार बझाङ १ (क) मा ६१ हजार ७ सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र छन् ।  त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील र ३२ अतिसंवेदनशील छन् । बझाङको उपनिर्वाचनमा ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

photo20240427bajhang

इलाम-२ मा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि र बझाङ १(१)मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

बझाङमा मतदानमा सहभागी हुँदै किरियापुत्री । फोटोः सत्यराज सिंह
बझाङमा मतदानमा सहभागी हुँदै किरियापुत्री । फोटोः सत्यराज सिंह

(बिहान ७ बजे प्रकाशित समाचार १० बजे अपडेट गरिएको)

अन्य

भिडियो