१६ वर्षीया र ८ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने पीडितका २२ वर्षीय झट्केला दाजुलाई ०८१ वैशाख १३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकाहरूलाई ललाइ फकाइ प्रलोभनमा पारी ०८० साउनदेखि चैत २९ गतेसम्म पटक पटक बलात्कार गरेको आरोप सहित पीडितकी आमाले ०८० चैत ३० गते प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको थियो ।
पीडित परिवारको उजुरीपछि खोजी गरी आरोपितलाई हरिसिद्धिबाट गिरफ्तार गरिएको प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् एसपी नरेश राज सुवेदीले जानकारी दिनु भयो ।
ललितपुर जिल्ला अदालतबाट वैशाख १३ गते पाँच दिनको म्याद थप गरी बलात्कार मुद्दामा अनुसन्धान भइरहेको एसपी एवम् प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा वैशाख १३ गते नै गरिएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।