INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ वैशाख १४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

घोडाघोडी नगरपालिका–९ फारमकी घरेलु हिंसा घटनाका पीडित ३० वर्षीया कमला ठगुन्नालाई सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले न्यायिक प्रक्रियामा सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको छ ।

जिल्ला अदालतमा अंश सहितको सम्बन्धविच्छेदको मुद्दा कानुनी प्रक्रियामा रहेको भए पनि आर्थिक अभावका कारण घोडाघोडी नगरपालिकाबाट धनगडीस्थित जिल्ला अदालत आउनजाँन नै समस्या भएकोले न्यायिक प्रक्रियालाई सहज बनाई दिन भन्दै पीडितले मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग प्रदान गरेको हो ।

kamala Thakunna photo (1)

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।

पति लालबहादुर ठगुन्नाले मदिरा सेवन गरी बिभिन्न  लान्छना लगाई पटकपटक कुटपिट गरिरहने र सासुससुराले पनि रातदिन गालीगलौज गरिरहने भएकाले घरेलु हिसां सहन नसकेर २०८१ वैशाख ३ गते जिल्ला अदालतमा अंश सहितको सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको पीडित ठगुन्नाले बताउनु भयो ।

अन्य

भिडियो