१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४७ वर्षीय बाबुलाई वैशाख १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८० चैत ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियोे ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विशाल लिम्बूले बताउनु भयोे ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १२ गते गरिएको छ।