INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्प पीडित अझै सम्म त्रिपालमुनि बास, पहिलो किस्ता नपाएको गुनासो

२० वर्ष देखि भाडाका घरमा बस्दै आएका भूकम्प पीडित अहिले सम्म त्रिपालमुनिको बस्दै आएका छन्। भेरी नगरपालिका–१ रिम्नाबजारका भूकम्प पीडित श्रम रोजगारी गरि जिविकोपार्जन गरेका चार घरपरिवारलाई सरकारले अस्थायी आवासका लागि दिएको पहिलो किस्ता रकम नपाएपछि त्रिपालमुनि रात बिताउनु परेको पीडितले गुनासाे गरेका छन् ।

भेरी नगरपालिका–१ रिम्नाबजारमा श्रम रोजगारी गरि नाना, खानाको जोहो गर्दै २० बर्षदेखि भाँडामा बस्दै आएका बारेकोट गाँउपालिका तीन घरपरिवार, भेरी नगरपालिका–२ रिसाङका एक घरपरिवार भाडामा बसेको घर भूकम्पले भत्काएपछि  त्रिपालमै बस्न बाध्य भएका छन् ।  सरकारले अस्थायी आवासका लागि दिएको २५ हजार पहिलो किस्ता रकम नपाएपछि करिव ५० घरपरिवार विचल्लीमा परेका छन् ।

गत कात्तिक १७ गते मध्यरातको भूकम्पका कारण घरवारविहीन भएका लाभग्राहीलाइ स्थानीय सरकारले लाभग्राहीेको सूचीमा नाम समावेश नगरेपछि पहिलो किस्ता पाउनबाट वञ्चित मात्र नभइ आवास विहीन भएका छन् । सरकारले भुकम्पले घरवारविहीन भएका सर्व साधारणको लगत संङ्कलन गरि  भूकम्प पीडितलाई अस्थायी आवासमा तत्काल लैजान गरेको प्रयास स्थानीय तहले वास्तविक पीडित पहिचान नगरेका कारण आवासविहीन बन्नु परेको हो । स्थानीय सरकारले गरिव दलित, विपन्न आर्थिक अवस्था कमजोर भएका जनताको भूकम्प पीडितको सूचीमा नाम समावेश नगरेपछि पहिलो किस्ता पाउनबाट वञ्चित भएका  छन् ।

बारेकोट गाँउपालिकाका स्थायी घर भइ हाल भेरी नगरपालिका–१ रिम्ना बजारमा श्रम रोजगारी गरी जिविकोपार्जन गर्दै र आर्थिक अवस्था कमजोरीका कारण भौगोलिक विकटता विहान बेलुकाको छाक टार्न समस्या भएको  मनिष चलाउने बताउनु भयो ।  श्रम रोजगारी गरि भेरी नगरपालिका–१ रिम्नाबजारमा भाँडामा बस्दै आएकोमा भाँडाको घर भत्किएपछि त्रिपालमै बास रहेको बताउनु भयो ।  स्थानीबासी नभएपछि सरकारले अस्थायी आवास निर्माणका लागि दिने २५ हजार रुपियाँ पाउन नसक्दा त्रिपालमुनीको बासले श्रम रोजगारीको भरमा बस्नु परेको उहाँले भन्नु भयो ।

जमिन प्रयाप्त नभएपछि २० वर्ष देखि थातथलो छोडेर रिम्ना बजारमा भाँडाको घरमा बस्दै आएका ४ घरपरिवार भूकम्पले घर भत्किएपछि सार्वजनिक स्थान शहिद पार्कमा त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । हिउँदको चिसो त्रिपालमै काटियौ वर्षाको समय आउदै छ त्रिपालमै कसरी बिताउने हो । सरकारले गरिव, दलित, सिमान्तकृत, विपन्न वर्गका जनताको उत्थान गर्न नसकेपछि भूकम्पले विचल्ली बनाएको छ । महिना बित्न लाग्यो  त्रिपाल छोडन नसकेको उहाँले बताउनु भयो ।

२० वर्ष देखि बजारमा बसी श्रम गर्दै जिविकोपार्जन गरियो पुन गाँउ फर्किएपनि कृषि पेशा गर्ने जमिन छैन श्रम रोजगारी पाइदैन विहान बेलुकाको छाक जुटाउन समस्या भएको स्थानीय भूकम्प पीडित जयरुप बोहराका बताउनु भयो ।

घर बनाउन जमिन भएपछि कपडा सिलाएर परिवार पाल्न करिव १५ वर्ष अघि रिम्ना बजारमा पुग्नु भएको थियो । भाँडाको घर भूकम्पले भत्काएपछि विचल्लीमा परेको भेरी नगरपालिका–२ रिसाङ्गका लोकेन्द्र परियार बताउनु भयो । परिवार अहिलेसम्म सुरक्षित स्थानमा बस्न नपाएपछि त्रिपालको बासले चिसो मौसम कटायौ वर्षायामको समय आउदै छ त्रिपालमा कसरी रात काट्ने भन्ने चिन्ताले सताउन थालेको उहाँले भन्नु भयो ।

घर बनाउने जमिन समेत नहुदाँ जन्मथलो छोडियो । सरकारले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएको भए जमिन मागेर भएपनि अस्थायी आवास निर्माण गरि बस्ने थियौ । वडा सरकारका जनप्रतिनिधिले सम्बन्धित वडाबाट पाइन्छ भने तर लाभग्राहीको सूचीमा समाबेश नभएको उहाँले बताउनु भयो ।

समाजसेवी डिलमाया रानाले रिम्नाका ५० लाभग्राहीले पहिलो किस्ता पाउन नसकेको बताउनु भयो । वडा सरकारले लाभग्राहीको सूचीमा पर्ने जनता छुटेपछि समस्या आएको छ । सरकारले पहिलो किस्ता नपाएका परिवारलाई अस्थायी आवासमा समेट्नु पर्ने बताउनुभयो ।

स्थानीय सरकारका जनप्रतिनिधिले आस्था र विचारका आधारमा अस्थायी आवासमा समाबेश नगर्दा समस्या भएको रानाले बताउनु भयो । श्रम रोजगारी गरि विहान बेलुकाको छाक टारेका परिवारलाई भूकम्पका कारण सास्ती खेप्नु परेको छ । भूकम्पपछि रिम्नाका ७६ लाभग्राहीलाई नेपाल रेडक्रसले पहिलो किस्ता बापत रकम दिएर अस्थायी आवास निर्माण गरि सुरक्षित स्थानमा बसाइ सरेका परिवारलले दोस्रो किस्ता नपाएपछि आवासमा लागेको ऋण तिर्न समेत समस्या भएको छ । श्रम रोजगारी गरि जिविकोपार्जन गरेका परिवारलाई भूकम्पले उठिबास लगाएपछि चिन्तित बनेका छन् । भूकम्प पीडितलाई नाना र खानाको भन्दा बढी आवासको चिन्ता छ ।
Photo20240426Jajarkot (2)

अन्य

भिडियो