INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय काकालाई ०८१ वैशाख ११ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८० भदौ १० गते बलात्कार गरेको भन्दै पीडित महिलाले ०८१ वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

आरोपितविरुद्ध वैशाख १२ गते जिल्ला अदालतबाट अनुसन्धान गर्न म्याद थप अनुमति लिएर घटनाको अनुसन्धान भइरहेको डिएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १० गते गोरखा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो