पोखरा-लेखनाथ मनपा-९पृथ्वीचोकमा भदौ २६ गते भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
पृथ्वीचोक नजिकै रहेको सस्तो बजारमा झोलामा उक्त वस्तु, तार, ब्याट्री भेटिएपछि सर्वसाधारण त्रसित भएका थिए ।
नेपाल बायुसेवा निगमको स्वामित्वमा रहेको सो जग्गामा सस्तो बजार सञ्चालनका लागि भन्दै स्टल बुकिङ भइरहेको समयमा ‘बम’ भेटिएको हो ।
घटनामा संलग्न व्यक्ति वा समूह अज्ञात रहेको भन्दै अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।