मानव अधिकारका आधारभूत व्यवस्थालाई समेत अङ्कुश लगाएपछि लोकतन्त्र प्राप्तिको आन्दोलन भएको थियो । २०६३ वैशाख ११ गते निरङ्कुश शासन सत्ता चलाइरहेका राजा ज्ञानेन्द्रले शाही घोषणामार्फत १९ दिनसम्म चलेको जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिन हो ।
आज २०८१ वैशाख ११ गते लोकतन्त्र दिवस । लोकतन्त्र र मानव अधिकार एक अर्काका परिपूरक हुन् भनिन्छ । हिंसात्मक द्वन्द्वबाट शान्तिको बाटोमा लम्केको राजनीतिक अवस्थामा सङ्क्रमणकालका नाममा मानव अधिकारमैत्री कामहरू अझै बाँकी हुनु दुखद् हो ।
जनआन्दोलन २ नाम दिइएको २०६२/०६३ को आन्दोलनका बेलामा इन्सेकले अग्रमोर्चामा रहेर मानव अधिकार अनुगमन तथा मानवीय सहायताको काम गरेको थियो । त्यतिबेला इन्सेकले गरेका काम र इन्सेकले लिएका तस्विर यहाँ प्रस्तुत गरिएको छ ।
















