INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया पूर्ण अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुबीभ्याली  गाउँपालिका–४  का   ३५  वर्षीय निक्क तामाङलाई   फागुन ९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८१ वैशाख ४ गते घरमा कोहि नभएको बेला घिसार्दै लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटना लगत्तै गाउँलेहरू थाहा पाए पछि आरोपित फरार रहेको खाेजीका  क्रममा लुकेर बसेकाे भन्ने सूचनाका  अधारमा गिरफ्तार गरिएकाे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अभय लामाले जानकारी दिनुभयो ।

पीडितको  स्वास्थ्य परीक्षण वैशाख ६  गते  धादिङ अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो